SHARE
बुटवल टुडे · बुधबार २० फागुन २०८२ ०६:१८ AM · 1 मिनेट पढाइ

इओसी नेपालद्वारा पर्यवेक्षक परिचालन

काठमाडौँ । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले प्रतिनिधिसभा निर्वाचनमा देशभर ७०० राष्ट्रिय पर्यवेक्षक परिचालन गरेको छ । यस निर्वाचनका लागि पर्यवेक्षक परिचालन गर्न अनुमतिप्राप्तमध्येको एक पुरानो संस्था इओसी नेपालले दीर्घकालीन र अल्पकालीन गरी पर्यवेक्षक खटाएको हो ।