SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ ०१:३७ AM · 1 मिनेट पढाइ

एमाले उपाध्यक्ष पौडेलले गरे बुटवलबाट मतदान

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मतदान गरेका छन् । आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट बिहान ७ बजेर ५ मिनेट मा पौडेलले मतदान गरे । पौडेल यहीँ क्षेत्रबाट लगातार चार पटक चुनाव जित्ने नेता हुन ।