मतदानमा सहभागी हुन पूर्वसभामुख घिमिरेको अनुरोध
बिर्तामोड । पूर्वसभामुख देवराज घिमिरेले आज झापा–२अन्तर्गत अर्जुनधारा–६ स्थित बालकल्याण आधारभूत विद्यालयबाट मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीसमेत दिएका पूर्वसभामुख घिमिरेले ९६ वर्षीया आमा भीमकुमारीको हातबाट टीका लगाई आशीर्वाद लिई मतदान गरेका हुन् । मतदान गरेपछि उनले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन अनुरोध गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
