SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ ०५:५३ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन : झापा कारागारमा शतप्रतिशत मत खस्यो

झापा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्ला कारागार झापामा रहेको अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मत खसेको छ । कार्यालय प्रमुख रेवन्त भट्टराईका अनुसार १०१ पुरुष, ६ महिलासहित १०७ जना कैदीबन्दीले मतदान गरेका छन् । मतदाता नामावलीमा १०७ जना कैदीबन्दीको नाम रहेको थियो । सोही अनुसार नै मत खसेको उनले बताए ।