SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ ०७:२८ AM · 1 मिनेट पढाइ

गुल्मीमा २ निर्वाचन क्षेत्रमा १२:३० बजेसम्म २३ प्रतिशत मत खस्यो

गुल्मी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मी जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ बजेसम्म जिल्लाभर ५६ हजार ४ सय ६२ मत अर्थात् २३ प्रतिशत मत खसेको छ ।