SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ ०८:४१ AM · 1 मिनेट पढाइ

मतदानमा उत्साहजनक सहभागिता जनाउन मन्त्री श्रद्धा श्रेष्ठद्वारा आग्रह

काठमाडौँ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले लोकतन्त्र सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहने भएकाले मतदानमा उत्साहजनक सहभागिता जनाउन सबैलाई आग्रह गरेकी छन् । उनले आज काठमाडौँको भद्रकाली प्राथमिक विद्यालय, खड्का भद्रकालीस्थित (ग) मतदान केन्द्रबाट मतदान गरेपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै सो प्रतिक्रिया दिइन् ।