SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ ०९:४४ AM · 1 मिनेट पढाइ

१०५ वर्षीय खड्काद्वारा मतदान

काठमाडौँ ।  काठमाडौँ जिल्लाको बुढानीलकण्ठ नगरपालिका–२ चपलीमा रहेको मतदान केन्द्रमा आज बिहान एक प्रेरणादायी दृश्य देखिएको छ । एक सय पाँच वर्षीय ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्काले उत्साहका साथ आफ्नो मतदान अधिकार प्रयोग गर्दै सो केन्द्रमा पहिलो मतदान गरेका हुन ।