SHARE
बुटवल टुडे · बुधबार ७ साउन २०८२ १०:३१ AM · 1 मिनेट पढाइ

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण पार्टीलाई थाहा थियो : पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको विषय पार्टीलाई थाहा भइसकेको स्वीकार गरेका छन्। बुधबार पत्रकार सम्मेलनमा पोखरेलले सदस्यता नवीकरणपछि उपयुक्त समयमा पार्टीले निर्णय गर्ने भएकाले त्यस विषयमा सार्वजनिक घोषणा नगरेको बताए।