SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ १०:२३ AM · 1 मिनेट पढाइ

बाँकेमा साढे ३ बजेसम्म ५५ प्रतिशत मतदान, महिलाको उत्साहजनक सहभागिता

नेपालगञ्ज । बाँकेमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भइरहेको मतदानमा दिउँसो साढे ३ बजेसम्म करिब ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगन्जका अनुसार बिहानैदेखि सुरु भएको मतदान कार्य जिल्लाभर उत्साहजनक र शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ ।