SHARE
बुटवल टुडे · बिहीबार २१ फागुन २०८२ ११:३१ AM · 1 मिनेट पढाइ

बाँकेमा किरियापुत्रीद्वारा मतदान

खजुरा, (बाँके) । नेपालगन्ज उपमहानगरपालिका—७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले मतदान गरेका छन् । नेपालगन्ज—७ निवासी दिवङ्गत ८४ वर्षीय कमल राणाका छोरा सुनिलनरसिंह राणासहित मातृ शोकमा रहेका परिवारका सदस्यहरूले उक्त मतदान केन्द्रमा मतदान गरेका थिए ।