SHARE
बुटवल टुडे · बुधबार ७ साउन २०८२ ०२:०२ PM · 1 मिनेट पढाइ

सल्यानमा डोजर दुर्घटना

 सल्यान, ७ साउन । सल्यानको छत्रेश्वरी गाउँपालिकाको ब्याक हो लोडर दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जना डोजरका अपरेटर घाइते भएका छन् । सडक निर्माणको क्रममा तेल लिन गइरहेको ब्याक हो लोडर बुधबार दुर्घटना हुँदा दुई जना अपरेटरहरू घाइते भएको वडा नं, १ का वडा अध्यक्ष प्रकाश हमालले जानकारी दिए ।