SHARE
बुटवल टुडे · बुधबार ७ साउन २०८२ ०२:२८ PM · 1 मिनेट पढाइ

बोलबमधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक स्थलको रूपमा विकास गर्नुपर्छः अर्थमन्त्री पौडेल

सैनामैना, ७ साउन । रूपन्देहीको प्रसिद्ध धार्मिक स्थल पर्रोहा बोलबमधाममा शिव भगवानका वाहन नन्दी भगवानको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बुधबार विशेष पूजा समारोहका बीच नन्दी भगवानको प्राण प्रतिष्ठा गरेका हुन्। धाममा सात दिनसम्म सञ्चालन भएका विभिन्न धार्मिक अनुष्ठानहरूको समापनसँगै यो प्रमुख कार्यक्रम आयोजना गरिएको हो।