कपिलवस्तुमा बस दुर्घटना, १९ जना घाइते
चन्द्राैटा, ७ साउन । कपिलवस्तुको सवारी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । कृष्णनगर नगरपालिका–१ शिवानगरमा बुधबार दिउँसो ३:४० बजे चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको भे.१ ख. ११८२ नम्बरको यात्रुवाहक बस सडक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार बसको स्टेरिङ फेल भई अनियन्त्रित रूपमा पल्टिएपछि दुर्घटना भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
