फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
मनिला । फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मङ्गलबार हेलिकप्टर दुर्घटना हुँदा एक जना मलेसियाली नागरिक र एक फिलिपिनो नागरिकको मृत्यु भएको जनाइएको छ । हेलिकप्टरमा दुई मलेसियालीसहित पाँच जना यात्रु रहेको अधिकारीहरूले बताएका छन् । रिजाल प्रान्तीय प्रहरी अधिकारी रामजे पाङ्गाले दुर्घटनामा दुई जना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
