SHARE
बुटवल टुडे · शनिबार १६ फागुन २०८२ ०२:३४ AM · 1 मिनेट पढाइ

सुशासन र विकासमै मतदाता केन्द्रित

भैरहवा  ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मतदाताहरूले आफ्ना प्राथमिकता र अपेक्षा स्पष्ट रूपमा व्यक्त गर्न थालेका छन् । रुपन्देही क्षेत्र नम्बर ४ का मतदातासँग गरिएको संवाद र प्राप्त प्रतिक्रियाका आधारमा यस पटकको निर्वाचन सामाजिक सुरक्षा, कृषि, पूर्वाधार विकास र नेताको आचरणका विषयमा केन्द्रित देखिएको छ ।