SHARE
बुटवल टुडे · शनिबार १६ फागुन २०८२ ०३:०६ AM · 1 मिनेट पढाइ

डिजिटल पपुलिजमको प्रभाव: नेतृत्व छनोटको निर्णायक मोडमा नेपाल

नेपालको वर्तमान राजनीतिक परिवेश एउटा गहिरो संक्रमणकालबाट गुज्रिरहेको छ । २०८२ सालको निर्वाचन संवैधानिक प्रक्रिया मात्र होइन, यो लोकतान्त्रिक संस्कार, राजनीतिक नेतृत्वको गुणस्तर र नागरिक चेतनाको परिपक्वताको परीक्षणका रूपमा स्थापित हुँदै गएको छ । सामाजिक सञ्जालको तीव्र प्रभाव, जेनजी पुस्ताको राजनीतिक सक्रियता र वैकल्पिक राजनीतिक शक्तिहरूको उदयले नेपालको राजनीति नयाँ दिशातर्फ मोडिएको देखिन्छ ।