SHARE
बुटवल टुडे · शनिबार १६ फागुन २०८२ ०५:१८ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा निर्वाचन : एक हजार ६१ उजुरी फछ्र्यौट

काठमाडौँ । जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फछ्र्यौट भएको छ । प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् ।