SHARE
बुटवल टुडे · शनिबार १६ फागुन २०८२ ०५:३९ AM · 1 मिनेट पढाइ

‘मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग’

दाङ । मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या हुने गरेको छ । विगतका मतदानहरूमा पनि निकै समस्या भोग्नुपरेको भन्दै आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा मतदान केन्द्रहरू अपाङ्गमैत्री हुनुपर्ने राप्ती बहिरा सङ्घ दाङका अध्यक्ष अजय शर्माले बताए ।