SHARE
बुटवल टुडे · शनिबार १६ फागुन २०८२ ०७:०५ AM · 1 मिनेट पढाइ

कतारमा नेपाल मगर संघको ४४औँ स्थापना दिवस सम्पन्न

दोहा, कतार । नेपाल मगर संघ, केन्द्रीय कार्यालय काठमाडौँबाट वैदेशिक शाखाका रूपमा मान्यता प्राप्त नेपाल मगर संघ, शाखा कतारले संघको ४४औँ स्थापना दिवस विविध कार्यक्रम मनाएको छ । कार्यक्रममा मगर समुदायका अगुवा, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।