बेलहियामा मुक्तिनाथ सन्त सेवाश्रम भवनको शिलान्यास
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा नेपाल पर्यटन भवन मुक्तिनाथ आश्रम भवनको शिलान्यास गरिएको छ । धार्मिक तथा सामाजिक सेवाको उद्देश्यसहित निर्माण हुन लागेको आश्रमको शिलान्यास श्रद्धा र उत्साहका साथ गरिएको हो । कार्यक्रममा परम श्रद्धेय अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथबाबा) ज्यूको संकल्पगत नेतृत्वमा आश्रम निर्माण थालिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
