SHARE
बुटवल टुडे · शनिबार १६ फागुन २०८२ १२:०८ PM · 1 मिनेट पढाइ

लागु औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौँ ।  हिजो शुक्रबार र आज देशका विभिन्न भागमा गस्तीमा रहेको प्रहरी टोलीले लागु औषधसहित विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ, चितवन, कञ्चनपुर, सिरहा, मकवानपुर, डडेलधुरा र कैलालीबाट उनीहरूलाई पक्राउ गरिएको हो ।