SHARE
बुटवल टुडे · शनिबार १६ फागुन २०८२ १२:३० PM · 1 मिनेट पढाइ

राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्छौँ: महामन्त्री पौडेल

काठमाडौँ ।  नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्ने बताएका छन् । काँग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले आज यहाँ आयोजित कार्यक्रममा राजनीतिभित्र देखिएका तमाम विकृति सफा गरेर अगाडि बढ्ने सङ्कल्पसहित पार्टी अगाडि बढिसकेको बताए ।