SHARE
बुटवल टुडे · आइबार​ १७ फागुन २०८२ ०४:०८ AM · 1 मिनेट पढाइ

इरानका सर्वोच्च नेता खामेनीको निधन पुष्टि

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका थिए ।