SHARE
बुटवल टुडे · आइबार​ १७ फागुन २०८२ ०७:५० AM · 1 मिनेट पढाइ

रुपन्देही २ मा कांग्रेस उम्मेदवार चुन्न पौडेललाई राप्रपाको समर्थन

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको छ। राप्रपाको उम्मेदवार नरहेको अवस्थामा देशको आर्थिक, सामाजिक तथा समृद्धिको क्षेत्रमा नेपाली कांग्रेससँग एजेन्डा नजिक भएको भन्दै राप्रपाले रुपन्देही २ मा चुनन्न प्रसाद पौडेललाई समर्थन गर्ने जनाएको हो।