SHARE
बुटवल टुडे · आइबार​ १७ फागुन २०८२ ०८:२५ AM · 1 मिनेट पढाइ

इरानमा अमेरिका–इजरायल आक्रमणको समीक्षा गर्न आइएइएद्वारा असाधारण बैठक आह्वान

काठमाडौँ । अमेरिका र इजरायलको आक्रमणपछि इरानको आणविक कार्यक्रमसँग सम्बन्धित घटनाक्रमको समीक्षा गर्न संयुक्त राष्ट्रसङ्घको आणविक एजेन्सी (आइएइए) ले सोमबार इरान विषयमा असाधारण बैठक बोलाउने निर्णय गरेको छ । भियनामा आधारित आइएइएले शनिबार विज्ञप्ति जारी गर्दै बैठक रुसको अनुरोधमा आयोजना गरिएको बताएको छ ।