SHARE
बुटवल टुडे · आइबार​ १७ फागुन २०८२ ०९:३८ AM · 1 मिनेट पढाइ

एसोसिएसनमार्फत मध्यपूर्वमा गएका कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह

काठमाडौँ ।  नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले मध्यपूर्व क्षेत्रमा आफूले पठाएका कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह गरेको छ । एसोसिएसनका केन्द्रीय अध्यक्ष दीपक थापाले आज एक विज्ञप्ति जारी गरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सुरक्षा परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै आफूले पठाएका कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह गरे।