SHARE
बुटवल टुडे · आइबार​ १७ फागुन २०८२ १०:०७ AM · 1 मिनेट पढाइ

भजनमा झुम्दै बर्दघाटका युवाहरू 

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट क्षेत्रमा पछिल्लो समय युवाहरू धार्मिक तथा सांस्कृतिक गतिविधिप्रति आकर्षित हुन थालेका छन् । प्रत्येक शनिवार साँझ आयोजित हुने भजन–कीर्तन कार्यक्रममा उल्लेख्य सङ्ख्यामा युवा सहभागिता जनाउँदै भजनमा झुमेका हुन् । स्थानीय मन्दिर परिसरमा हुने कार्यक्रममा युवाहरूले हार्मोनियम, मादल र झ्यालीको तालमा भजन गाएर वातावरण भक्तिमय बनाएका छन् ।