SHARE
बुटवल टुडे · आइबार​ १७ फागुन २०८२ ०५:२३ PM · 1 मिनेट पढाइ

लोकतन्त्रको महाकुम्भ र सचेत मतदाता

नेपाली राजनीतिमा फेरि एकपटक निर्वाचनको सरगर्मी बढेको छ । संवैधानिक व्यवस्थाअनुसार आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै छ । यस महाकुम्भलाई केवल सत्ता परिवर्तनको प्राविधिक प्रक्रियाका रूपमा मात्र नभई लोकतन्त्रको प्राणवायुका रूपमा बुझ्न आवश्यक छ ।