SHARE
बुटवल टुडे · सोमबार १८ फागुन २०८२ ०३:२१ AM · 1 मिनेट पढाइ

प्रदेशकै गौरव योजना: चन्द्रौटा बन्दै मेडिकल हब

चन्द्रौटा (कपिलवस्तु)  । कोरोना महामारीले संसारलाई मात्र होइन । नेपालको स्वास्थ्य संरचनालाई पनि गम्भीर रूपमा झक्झक्याईदियो । उपचारका लागि शहर धाउनुपर्ने बाध्यता, सीमित पूर्वाधार र दक्ष जनशक्तिको अभावले गाउँ–शहरका नागरिकलाई निकै सास्ती भएको थियो । त्यही अनुभवबाट पाठ सिक्दै संघीय सरकारले प्रत्येक प्रदेशमा अत्याधुनिक सरुवा रोग अस्पताल स्थापना गर्ने नीति अघि सारेको हो ।