SHARE
बुटवल टुडे · सोमबार १८ फागुन २०८२ ०८:२० AM · 1 मिनेट पढाइ

लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते

बेरुत । लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । विज्ञप्ति जारी गर्दै मन्त्रालयको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले बेरुतको दक्षिणी उपनगरमा २० जनाको मृत्यु हुनुका साथै ९१ जना घाइते भएको सोमबार जनाएको छ ।