SHARE
बुटवल टुडे · सोमबार १८ फागुन २०८२ ११:२१ AM · 1 मिनेट पढाइ

मध्यपूर्व तनावमा संयम अपनाउन आइएइएको आग्रह

भियना, १८ फागुन । इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जवाबी क्षेप्यास्त्र प्रहारबिच मध्यपूर्वको सुरक्षा अवस्था तीव्र रूपमा अस्थिर बन्दै जाँदा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले सबै पक्षलाई ‘अत्यधिक संयम’ अपनाउन कडा आग्रह गरेका छन् । उनले सम्भावित आणविक जोखिमलाई ध्यानमा राख्दै तत्काल तनाव कम गर्नुपर्ने चेतावनी दिए ।