SHARE
बुटवल टुडे · सोमबार १८ फागुन २०८२ १२:३१ PM · 1 मिनेट पढाइ

मर्चवारः जहाँ मतदाताले मत परिवर्तन गरिरहन्छन्‌

वि.स. २०४८ सालको चुनावमा नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता रुपन्देहीको मर्चवार क्षेत्रबाट सांसद भएका थिए । २०५१ सालमा राप्रपाबाट उम्मेदवार बनेका सर्वेन्द्रनाथ शुक्ला विजयी भए । २०५६ सालमा सद्भावना पार्टीबाट यज्ञजित शाहले चुनाव जिते । त्यतीबेलासम्म मर्चवार रुपन्देहीको क्षेत्र नम्बर ५ रहेको थियो ।