SHARE
बुटवल टुडे · बिहीबार ८ साउन २०८२ ०८:३६ AM · 1 मिनेट पढाइ

 कालिकोटको पचालझरना पर्यटकीय गन्तव्यको सूचीमा

कालिकोट । नेपालको सबभन्दा अग्लो भनिएको कालिकोटको पचालझरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । आर्थिक वर्ष ०८२/०८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० वटा प्रमुख पर्यटकीय गन्तव्य छनोट गर्दा पचालझरना ६४ औँ स्थानमा सूचीकृत गरेको हो ।