पहिचान नखुलेको शव खोलामा फेला
बर्दिया, ८ साउन । बढैयाताल गाउँपालिका–४ स्थित मान खोला किनारमा एक पुरुषको शव फेला परेको छ । बुधबार राति साढे १० बजेतिर शव फेला परेको मैनापोखर प्रहरीले जनाएको छ । पहिचान नभएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पहिचान नखुलेको शवलाई बर्दिया अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
