SHARE
बुटवल टुडे · बिहीबार ८ साउन २०८२ ०९:५० AM · 1 मिनेट पढाइ

थाइल्यान्ड–कम्बोडिया सीमा क्षेत्रमा सैन्य झडप: १२ जनाको मृत्यु, १४ घाइते

काठमाडौं, ८ साउन। थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपका कारण हालसम्म कम्तीमा १२ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। बीबीसीले थाइल्यान्डका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै एक सैनिकसहित ११ जना सर्वसाधारणको मृत्यु भएको उल्लेख गरेको छ। थाई अधिकारीहरूको प्रतिवेदनअनुसार, सुरिन प्रान्तमा एक आठ वर्षीय बालकसहित दुई जना सर्वसाधारणले ज्यान गुमाएका छन्।