SHARE
बुटवल टुडे · बिहीबार ८ साउन २०८२ १०:२६ AM · 1 मिनेट पढाइ

‘प्रचण्ड र बाबुरामको गद्दारीले जनगणतन्त्र असफल : नेता गजुरेल

काठमाडौं, ८ साउन । नेकपा (माओवादी क्रान्तिकारी)का वरिष्ठ नेता सीपी गजुरेलले अहिले नेपालमा कायम रहेको गणतन्त्रलाई “बुर्जुवा गणतन्त्र”को संज्ञा दिँदै त्यसप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै गजुरेलले वर्तमान शासन व्यवस्था जनताको होइन, पुँजीपति, दलाल र नोकरशाही वर्गको पक्षमा रहेको टिप्पणी गरे।