SHARE
बुटवल टुडे · बुधबार १३ फागुन २०८२ १०:३८ AM · 1 मिनेट पढाइ

दाङमा निर्वाचनको दिन अत्यावश्यक बाहेक सवारी साधन चलाउन नपाइने

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न दाङमा सवारी साधन सञ्चालनमा रोक लगाएको कार्यालयले जनाएको हो ।