SHARE
बुटवल टुडे · बुधबार १३ फागुन २०८२ १२:३६ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन: काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैङ्क खाता

काठमाडौँ ।  देशको सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका २५० उम्मेदवारमध्ये आजसम्म २१९ ले बैङ्क खाता खोलेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरी चुनाव प्रचारप्रसारमा सक्रिय छन् ।