SHARE
बुटवल टुडे · बुधबार १३ फागुन २०८२ ०७:२४ PM · 1 मिनेट पढाइ

उम्मेदवारले गरे बैङ्क खाता खोल्न अटेरी 

गुल्मी ।  गुल्मीमा प्रतिनिधि सभा निर्वाचन प्रयोजनार्थ उम्मेदवारहरूले बैङ्क खाता खोल्नका लागि अटेरी गरेका छन् । कुल ४३ जना उम्मेदवार मध्ये ३३ जनाले मात्र निर्वाचन प्रयोजनका लागि बैङ्क खाता खोलेका छन् भने १० जनाले बैङ्क खाता खोल्नका लागि पटक–पटक ताकेता गर्दा पनि खाता खोलेका छैनन् ।