SHARE
बुटवल टुडे · शुक्रबार​ १५ फागुन २०८२ ०१:२५ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा निर्वाचन: आयोग तयार, मतदाता पर्खाइमा

गुल्मी  । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा गुल्मीमा निर्वाचन तयारीले तीव्रता पाएको छ । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्थित चार वटै सुरक्षा निकायले आ–आफ्नो जिम्मेवारी अन्तिम चरणमा पु¥याएका छन् ।