SHARE
बुटवल टुडे · शुक्रबार​ १५ फागुन २०८२ ०८:१३ AM · 1 मिनेट पढाइ

‘स्ट्रबेरी’खेतीले बढायो ‘एग्रो–टुरिजम’ को आकर्षण

नारायणगढ (चितवन) ।  भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिको फर्ममा फलेको स्ट्रबेरीले यति बेला पर्यटकको ध्यान तानेको छ । विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदै आएको यस फर्मले स्ट्रबेरी खेतीसँगै एग्रो–टुरिजम प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ । फर्मका सञ्चालकमध्येका प्रमुख ससन देवकोटा नौ वर्षअघि अमेरिका बसाइबाट नेपाल फर्केका हुन ।