SHARE
बुटवल टुडे · शुक्रबार​ १५ फागुन २०८२ ०८:२९ AM · 1 मिनेट पढाइ

काजकिस्तानमा ग्यास विस्फोट, ७ जनाको मृत्यु

काजकिस्तान । उत्तरी काजकिस्तानको रिसोर्ट शहर स्चुचिन्सक स्थित क्याफेमा भएको शक्तिशाली ग्यास विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको स्थानीय मिडियाले शुक्रबार जनाएको छ । मिडिया रिपोर्टका अनुसार क्याफेमा ग्याँस–हावाको मिश्रणले आगो लगाएको अनुमान गरिएको छ, जसले गर्दा रातको बिचमा विस्फोट भएको थियो ।