SHARE
बुटवल टुडे · शुक्रबार​ १५ फागुन २०८२ ०९:४२ AM · 1 मिनेट पढाइ

सिड्नीमा बाढीमा फसेका ४० जनाको उद्धार

काठमाडौँ । सिड्नीमा भारी वर्षा पछि आएको बाढीमा फसेका ४० भन्दा बढी मानिसहरूको उद्धार गरेको बताउँदै अधिकारीहरूले अचानक बाढी आउँदा बिजुली समेत कटौती भएको जनाएका छन् । न्यु साउथ वेल्स राज्य आपत्कालीन सेवा (एनएसडब्लु एसइएस) ले बिहीबार देखि शुक्रबार सम्म मध्य र पश्चिमी सिड्नीमा ४२ वटा बाढी उद्धार अभियान सञ्चालन गरेको बताएको छ ।