SHARE
बुटवल टुडे · शुक्रबार​ १५ फागुन २०८२ १०:५८ AM · 1 मिनेट पढाइ

गृहमन्त्री अर्याल मोरङमा

मोरङ ।   गृहमन्त्री ओमप्रकाश अर्याल आसन्न निर्वाचन सुरक्षाबारे स्थलगत भ्रमणका क्रममा आज विराटनगर आइपुगेका छन् । उनी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आज अपराह्न यहाँ आइपुगेका हुन । प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन ६ दिन मात्रै बाँकी रहेको उल्लेख गर्दै उनले कुनै हल्ला एवं अफवाहको पछि नलाग्न आग्रह गरे ।