SHARE
बुटवल टुडे · शुक्रबार​ १५ फागुन २०८२ ११:५१ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन: सम्पूर्ण तयारी अन्तिम चरणमा

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज यहाँ आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।