SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ १२:२१ AM · 1 मिनेट पढाइ

आठ पालिका दमकलबिहीन

पाल्पा, ९ साउन । गत बैशाखमा रिब्दीकोट गाउँपालिका देउरालीको सामुदायिक वनमा भिषण आगो लाग्दा तानसेन नगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रण ग¥यो । त्यही वैशाख महिनामै वगनासकाली गाउँपालिकाको दर्लाम डाँडा पनि मध्य दिनमा जंगलमा डढेलो लाग्यो । त्यही तानसेन नगरपालिकाको दमकलबाट आगो नियन्त्रण हँुदा आगो मानव बस्ती सम्म पुग्न सकेन ।