SHARE
बुटवल टुडे · शुक्रबार​ ९ साउन २०८२ १२:२८ AM · 1 मिनेट पढाइ

बाँकेका किसानको चिन्ता : रोपेको धानमा पानी हालौं कि बाँझो खेतमा ?

नेपालगञ्ज, ९ साउन साउनको पहिलो साता बितिसक्दा पनि पानी नपरेपछि बाँकेको डुडुवा गाउँपालिकाका किसानहरू खेतमा धान रोप्ने कि सुक्दै गएको धानमा पानी हाल्ने भन्ने दोधारमा परेका छन् । डुडुवा–४, लालापुरकी किसान दक्दीरा दर्जीले करिब दुई विघा खेतमा पम्पसेटको माध्यमबाट डुडुवा खोलाबाट पानी ल्याएर जेनतेन रोपाइ सकिन् ।