SHARE
बुटवल टुडे · बुधबार १३ फागुन २०८२ ०७:४० PM · 1 मिनेट पढाइ

यो चुनाव ब्लक र अनफ्रेण्डको माध्यम नबनोस्

आउँदो फाल्गुन २१ गतेको निर्वाचन नजिकिँदै जाँदा देशको राजनीतिक तापक्रम क्रमशः उकालो लागिरहेको छ । चिया पसलदेखि विश्वविद्यालयका कक्षा, गाउँका चौतारादेखि शहरका क्याफे, फेसबुकको वालदेखि टिकटकको ‘लाइभ’ सम्म चुनावकै चर्चा छ । यस्तो लाग्छ मानौँ मुलुक लोकतान्त्रिक पर्व मनाउन होइन, दुई शिविरमा विभाजित भएर अन्तिम भिडन्तको तयारीमा छ । जनताको सक्रियता देख्दा उत्साह लाग्छ ।