SHARE
बुटवल टुडे · बिहीबार १४ फागुन २०८२ ०५:४९ AM · 1 मिनेट पढाइ

कांग्रेसको भोलि शुक्रबार बुटवलमा चुनावी सभा, गगन थापाले सम्बोधन गर्ने

नेपाली कांग्रेसले भोलि शुक्रबार बुटवलमा चुनावी सभा गर्दैछ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर कांग्रेसले बुटवलको देवीनगरमा बिहान १० बजेदेखि चुनावी सभा गर्न लागेको हो ।