SHARE
बुटवल टुडे · बिहीबार १४ फागुन २०८२ ०९:४२ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभा निर्वाचनका लागि नवलपरासीका सीमा नाका ४ दिन बन्द हुने

नवलपरासी पश्चिम । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका सम्पूर्ण सीमा नाका चार दिनका लागि बन्द गरिने भएको छ ।